काठमाडौँ। ‘वसन्त पञ्चमी’ को शुभ अवसरमा रघुजी फिल्म्सले घोषणा गरेको नयाँ रियालिटी शो ‘कमेडी किड्स’ आउने भएको छ। आज महाशिवरात्रीको अवसर पारेर शोको डिजिटल अडिसन खुला गरिएको हो। रियालिटी शो ‘कमेडी किड्स’ मा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडियो बनाएर व्हाट्स एप र जिमेल अथवा भाइबरमा पठाउन सक्नेछन्। भिडियो मोबाइलबाट खिचेर पठाउन सकिनेछ।
सहभागीले एक्लै अथवा समूहमा भिडियो बनाएर पठाउन सक्नेछन्। डिजिटल अडिसनबाट छानिएकालाई फिजिकल अडिसनमा बोलाइने र उत्कृष्ट छानेर शोको फर्म्याट अनुसार कार्यक्रममा अघि बढाइने निर्देशक खनालले बताए। भिडियो पठाउँदा आफ्नो नाम ठेगाना र सम्पर्क नम्बर अनिवार्य समावेश गर्नुपर्नेछ । भिडियो पठाउने जिमेल comedykids.npl@gmail.com रहेको छ भने नम्बर 9702091421 रहेको छ।
बालबालिकाहरूलाई लक्षित गरी निर्माण गरिने शोमा ४ देखि १४ वर्ष सम्म उमेर समूहकाले भाग लिन पाउने रघुजी फिल्म्सका सञ्चालक रघुनाथ सापकोटाले बताएका छन्। सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल भई सकेको र अब छिट्टै सार्वजनिक गरिने आयोजक टिमले जानकारी दिए । डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिङ पार्टनरमा ओएसआर कनेक्ट रहेको छ।

Leave a Reply