नाउक्याम्पमा गोलको वर्षा, बराबरीमा रोकिए बार्सिलोना र एट्लेटिको

हेटौँडा । दुई गोलको अग्रता जोगाउन नसक्दा कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ ।

मंगलबार बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना र एट्लेटिको मड्रिड ४-४ गोलको बराबरीमा रोकिएका हुन् ।

बार्साको लागि पेड्री, क्युबर्सी, इनिगो मार्टिनेज र रोवर्ट लेवान्डोस्कीले एक-एक गोल गर्दा मड्रिडको तर्फबाट अल्वारेज, एन्टोनी गृजम्यान, मार्कोस लोरेन्ट र एलेक्सन्द्रा सोरलोथले समान १-१ गोल गरे ।

निकै रोमाञ्चक खेलको सुरुवाती दुई गोलको अग्रता पाहुना टोलीले लिएको थियो ।

पहिलो मिनेट र छैटौँ मिनेटमा गोल गर्दै मड्रिडले घरेलु टोलीलाई पूर्ण रूपमा दबाब दिएको थियो । तर १९ मिनेटमा र २१ औँ मिनेटमा गोल गर्दै बार्सिलोना बराबरी सहित खेलमा मात्र फर्केन पहिलो हाफको ४१ औँ मिनेटमा गोल गर्दै ३-२ ले अघि बढेको थियो ।

खेलमा बार्सिलोनाले थप दबदबा ७४ औँ मिनेटमा पुगेर बनायो र आफ्नो अग्रता ४-२ बनायो तर मड्रिडले ८४ र इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेपछि खेल ४-४ को बराबरीमा सकियो ।

अब फाइनल प्रवेशको लागि दुवै टोलीलाई जित्नै पर्ने दबाब बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *