दाङ । बाँके प्रहरीले ठूलो परिमाणमा ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो र बाँके प्रहरीको संयुक्त टोलीले हिजो बाँकेको जमुनाह नाकाबाट भारतको बराइचका अल्बक्स खाँलाई प्रक्राउ गरेको हो । बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार उनको साथबाट ७२२ ग्राम ६३ मिलिग्राग ब्राउनसुगर बरामद भएको छ ।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको एसपी कार्कीले बताए ।

Leave a Reply