इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणमा इन्स्पेक्टर जोशी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् ।

आत्महत्या दुरुत्साहनमा किटानी जाहेरीका आधारमा इन्स्पेक्टर जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए।

पक्राउ परेका इन्स्पेक्टर २३ नम्बर गण तनहुँमा कार्यरत छन् । मृतक सन्तोषीका परिवारले सोमबार जोशीविरुद्ध उजुरी दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *