केपी ओली कप : आज पनि दुई खेल हुँदै

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । आज एपीएफ एफसी र संकटा एफसी तथा मच्छिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान बीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

केपी ओली मच्छिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेल पनि एन्फा कम्प्लेक्समै हुनेछ ।

हिजो भएको दुइ खेलमा केपी एफसी र त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *