एनआरटीलाई हराउँदै आयोजक केपी एफसी सेमिफाइनलमा प्रवेश

काठमाडौं । न्यूरोड टिम (एनआरटी) लाई पराजित गर्दै आयोजक टोली जारी केपी ओलि कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलको एनआरटीलाई १–० गोलले पराजित गर्दै आयोजक टोली सेमिफाइनलमा प्रवेश गरेको हो । केपी एफसीका लागि सुरज ठकुरीले निर्णायक गोल गरे ।

उनले खेलको ६३औं मिनेटमा डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । आयोजक टोलीले अब फाइनल प्रवेशका लागि मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडको विजेतासँग खेल्नेछ ।

यसअघि आजै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हिजोदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लब र दोस्रो खेल दिउँसो ३ बजे मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबीच हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *