च्याम्पियन्स ट्रफी : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं । पाकिस्तान र दुबईमा जारी आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ ।

पाकिस्तानले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । भारतका लागि विराट कोहलीले शतक प्रहार गरे । १ सय ११ बल खेलेका विराटले अविजित एक सय रन बनाए । श्रेयस ऐयरले ५६, शुभमन गिलले ४६ र कप्तान रोहित शर्माले २० रनको योगदान दिए ।

पाकिस्तानका लागि शाहिन अफ्रिदीले २, अबरार अहमद र खुसदील शाहले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ४९ ओभर ४ बलमा २ सय ४१ रन समेटिएको थियो ।

पाकिस्तानका साउद शकिलले सर्वाधिक ६२ रन बनाए । कप्तान मोहम्मद रिजवानले ४६, खुसदिल शाहले ३८ र बाबर आजमले २३ रनको योगदान दिए ।

बलिङमा भारतका कुलदीप यादवले ३, हार्दिक पाण्ड्याले २, हर्षित राना, अक्षर पटेल र रवीन्द्र जडेजाले एक–एक विकेट लिएका थिए । योसंगै च्याम्पियन्स ट्रफीमा भारतले लगातार दोस्रो जित निकालेको छ । भने पाकिस्तानले लगातार दोस्रो हार बेहोरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *