रोमाञ्चक बन्यो पहिलो हाफ : २–२ को बराबरीमा नेपाल र म्यानमार 

काठमाडौं
फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत जारी खेलको पहिलो हाफमा नेपाल र म्यानमारले २–२ गोल गरेका छन् ।  दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफको खेल सकिँदा दुवै टोलीबाट २–२ गोल भएको हो ।
खेलको छैटौँ मिनेटमा म्यानमारकी म्याट नोए खिनले गोल गर्दै पहिलो अग्रता लिएकी थिइन् । उनले प्रहार गरेको प्रहार नेपालकी अञ्जना रानामगरले रोक्न नसक्दा गोलमा परिणत भएको थियो । खेलको ११औं मिनेटमा नेपालकी सविता रानामगरले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् । उनले सावित्रा भण्डारीको पासमा डिबक्सबाट गोल गरेकी थिइन् ।
पुनः खेलको १६औ मिनेटमा म्यानमारकी मे लुले चेस्ले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । खेलको ४१औं मिनेटमा सावित्राले गोल गर्दै नेपालको तर्फबाट दोस्रो पटक बराबरी गोल फर्काइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *