ट्राइब्रेकरमा उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई हराउँदै एपीएफ केपी ओली कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । ट्राइब्रेकरमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई हराउँदै एपीएफ एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलको ट्राइब्रेकरमा ब्ल्याक बुल्सलाई ४–३ ले हराउँदै एपीएफले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेलमा पराजित भएको ब्ल्याक बुल्सले गत माघमा पोखरामा भएको २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो । अब एपिएफले सेमिफाइनल प्रवेशका लागि संकटा क्लबसँग खेल्नेछ ।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा एपीएफका गोलकिपर एन्जल श्रेष्ठ नायक बने । उनले ब्ल्याक बुल्सका दुई प्रहार बचाउँदै खेल आफ्नो पक्षमा पारे ।

फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको दोस्रो दिन सोमबार दुई खेल हुनेछ । पहिलो खेल साढे ११ बजे नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुनेछ । दोस्रो खेल दिउँसो ३ बजे आयोजक केपी ओली एफसी र न्यूरोड टिमबिच प्रतिष्पर्धा हुने तालिका छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *