हेटौँडा । बायर लेभरकुसेनलाई पहिलो लिग जिताएर कीर्तिमान बनाएका प्रशिक्षक जाबी ओलोन्सोले अर्को रेकर्ड बनाउँदै बायरलाई अवे खेलमा कीर्तिमानी जित दिलाएका छन् ।
२८ औँ अवे खेलमा बिना हार ओलोन्सले बुन्डेस लिगामा यो कीर्तिमान बनाएका हुन्। लगातार २८ औँ अवे खेल बिना हार, बुन्डेसलिगा इतिहासमा अन्य कुनै पनि प्रशिक्षक भन्दा बढी हो ।
गत सिजन, अलोन्सोले लेभरकुसेनलाई पहिलो पटक अपराजित बुन्डेसलिगा उपाधि दिलाएर इतिहास रचे। यद्यपि आरबी लाइपजिगले अगस्ट ३१, २०२४ मा लेभरकुसेनको अपराजित शृङ्खला समाप्त गरे, टोलीको उल्लेखनीय अवे रेकर्ड अझै पनि कायम छ।
शनिवार राती भएको खेलमा लेभरकुसेनले होल्स्टेन किएललाई २-० ले पराजित गर्दै अग्रणी बायर्न म्युनिखसँगको दूरी पाँच अंकमा पुर्याए।

Leave a Reply