हेटौँडा । आर्सनलले इङ्लिस प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ ।
शनिवार राती भएको खेलमा वेस्ट ह्यामसँग १- ले पराजित भएपछि त्यसको प्रत्यक्ष फाइदा भने लिभरपुललाई भएको छ । अब लिभरपुल दोस्रो स्थानको आर्सनल भन्दा समान खेलबाट स्पष्ट ८ अङ्कले अघि रहेको छ ।
वेस्ट ह्याले एमेरेट्स स्टेडियममा आर्सनलको जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। खेलमा विजयी गोल ४४ औँ मिनेटमा जारोड बोवेन मार्फत भयो । गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो ।
आर्सनलले १० खेलाडीमा रहेर खेलको अन्त्य गर्यो । माइल्स लुईस-स्केलीले ७३ औँ मिनेटमा रातो कार्डको सामना गर्दै मैदान छाडे।
दोस्रो स्थानको आर्सनलको २६ खेलमा ५३ अंक छ। शीर्ष स्थानको लिभरपुलको समान खेलमा ६१ अंक छ।

Leave a Reply