दुई अभियान टुंग्याएर असारबाट विशेष महाधिवेशनमा केन्द्रित हुन्छौं : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले असारबाट पार्टीको विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका छन्।
पार्टीको नागार्जुन नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले हालै बसेको केन्द्रीय कमिटीको बैठकमा विचार, राजनीति, विधि, पद्धति, संगठन र नेतृत्व प्रणालीबारे छलफल भएको बताए।

उनले भने, ‘अब समाजवादी क्रान्तिका लागि नयाँ नीति र योजना बनाउनको लागि आगामी मंसिरमा बिशेष महाधिवेशन गर्ने निर्णय भएको छ। हामी असारबाट बिशेष महाधिवेशनको तयारीमा लाग्नेछौं। असारसम्म हुलाकी राजमार्ग केन्द्रित अभियान गर्छौ। बैशाखमा मध्यपहाडि लोकमार्ग केन्द्रित अभियान गर्छौँ।’

केन्द्रीय कमिटीको बैठकमा वैचारिक, विधि, पद्धति र संगठनको संरचनालाई नयाँ ठाउँमा पुर्याउँनको लागि बिशेष महाधिवेशन गर्न लागेको बताए। उनले पहिलोबाट तेस्रो पार्टी बन्नुको कारणबारे समीक्षा गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *