काठमाडौं । प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विहे गर्नुको कारणदेखि जीवनकालका विभिन्न किस्साहरुको खुलासा गरेकी छन् ।
आफ्नो जीवनकालका कथाहरु समेटिएको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा शाक्यले सामाजिक संजालदेखि समाकालीन केही नेताहरुले ओलीलाई होच्याएर र लाञ्छानाहरु लगाएर गरेका टिप्पणीप्रति दुःख व्यक्त गरिन् ।
विनयशीलता र करुणाभावका हिसाबले सधैं शिष्ट रुपमा प्रस्तुत हुने राधिका शाक्यले आफूलाई लेख्न जस्तो बोल्न आउँदैन भन्दा भन्दै पनि थोरै शब्दमा धेरै भावहरु व्यक्त गरिन् । ओलीप्रति विगतमा उनका समकालीन केही नेताले गरेका अपमानजनक टिप्पणीदेखि अचेल सामाजिक संजालबाट हुने गरेका प्रहारको भद्र प्रतिवाद गरिन् ।
ललितपुरको पाटनका नेवारको छोरी राधिकाले करुणा भावनाकै कारण धेरै चुनौतिका बाबजुद आफूले ओलीसँग विहे गरेको सुनाइन् । ओली मन्त्री वा प्रधानमन्त्री हुन्छन् भनेर आफूले विहे नगरेको भन्दै उनले आफ्नो ३३ वर्ष लामो राष्ट्र बैंकको सेवाबापत प्राप्त गरेको सुविधाबाट बनाएको घरलाई समेत बालकोट दरवार भनेर अनर्गल प्रचार गर्नेहरुलाई एक एक हिसाब देखाउन तयार रहेको शाक्यले बताइन् ।
ओलीलाई केही ठूलै नेता भन्नेहरुले भैंसी गोठालो र गोठालोको छोरा भनेर हेपेर अन्तर्वार्ता दिएको स्मरण गर्दै शाक्यले एउटा भैंसी गोठालोसँग विहे गरेकामा आफूलाई गर्व लागेको भनेर त्यतिबेलै लेखेको बताइन् । केपी ओलीलाई माधव नेपाललगायतका केही नेताले अल्छी भनेर गरेका टिप्पणीको समेत प्रतिवाद गर्दै शाक्यले विहान साढे ४ बजेसम्म काममै व्यस्त हुने गरेका ओली विश्वकै सक्रिय नेतामा पर्ने जवाफ दिइन् ।
शाक्यले भनिन्–उहाँलाई पहिलेदेखि नै पनि मन नपराउने मान्छेले केपी ओली भनेको एकदम अल्छि मान्छे हो,एउटा सिन्को पनि यताबाट उता नसार्ने मान्छे भन्ने गर्थे । हाल पनि मैले ती कमेन्टहरुमा यो कुराहरु देख्छु । र, मलाई चाहिँ भन्न मन लागेको छ, हिजो विहानदेखि आज विहान साढे ४ बजेसम्म उहाँ निरन्तर काममा व्यस्त रहनुभएको थियो,उहाँ कोठामा आउँदा साढे चार बज्यो । सायद सुत्दाखेरी विहान ५ बजेको थियो । उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय भन्ने आ आफ्नो परिभाषा होला । मेरो परिभाषा त उहाँजस्तो सक्रिय मान्छे नेपालमा मात्र होइन विश्वमा पनि छैन होला । उहाँको जीवनमो आधा समय ३७/३८ वर्ष त उहाँको जीवन हेर्दै आएको साक्षी म हो नि,मैले जति त उहाँलाई कसले बुझेको होला र ? मान्छेहरुले कमेन्ट गर्न पायो भन्दैमा होच्याउन पायो भन्दैमा एउटा कुनै पनि हिसाबले अलिकति पनि नमिल्ने ढंगले त्यसरी कमेन्ट गर्न ठिक छ जस्तो मलाई लाग्दैन ।
यस्तो छ राधिका शाक्यको भनाइ,
करुणाको भावनाले गर्दा थुप्रै चुनौति हुँदा हुँदै पनि करुणा भावले जितेर तत्कालीन समयमा ३७ वर्षअघि उहाँसँग मैले विहे गर्ने निर्णय गरेँ । यो निर्णय मैले आज यो स्थानमा हुन्छ,उहाँ कुनै समय मन्त्री वा प्रधानमन्त्री होला भन्ने खालको कुनै पनि महत्वाकांक्षा राखेर गरेको होइन । तर पनि सबैको साथ सहयोग र मेहनतले उहाँ यहाँ पुग्नुभएको छ । उत्पादनको बजारीकरण गर्ने जिम्मा हामी लिन्छौं,पशोक भत्ता दिद्यन्छ,नेपाली उत्पादनबाट बनेको छैन भने त्यसमा सरकारले बेरुजु निकाल्छ ।
एउटा दुईटा कुरामा हाम्रो केपी सरलाई पहिले पहिले ठूलै नेता भन्नेहरुले भैंसी गोठालो,गोठालोको छोरो भनेर हेपेर अन्तर्वार्ताहरु दिएको मैले देखेको छु । त्यसबेला पनि मैले एक लाइन भने पनि कोरेको थिएँ,एउटा भैंसी गोठालोसँग विहे गरेकोमा मलाई गर्व लाग्छ भनेर ।
हिजो आज पनि मैले यस्तै यस्तै कुराहरु कमेन्टको रुपमा देख्ने गरेको छु । यसमा मेरो भनाइ के छ भन्दाखेरी,नेपाल कृषि प्रधान देश हो,यहाँ हामी सहर पस्नभन्दा अघि धेरैले आ आफ्नो खेतमा सायद जोत्ने खन्ने,अथवा पशुपालन छ भने गोठालो जाने र घाँस काट्ने सबैले थोरबहुत यो काम हामी सबैले गर्दै आएको हुनुपर्छ ।
मैले जानेसम्म हाम्रो केपी सरले पनि आफ्नो खेतबारीमा उहाँले अवश्य गाठोलो पनि गर्नु भयो होला,घाँस पनि काट्नुभयो होला । यो त वर्गको कुरा हो नि । किन हामीले नेपालको कृषि,हाम्रो अन्नदातालाई किन अपमान गर्ने ? सधैं अरुले दिएको खाएर बस्ने त ? कतिपय मान्छेले उहाँलाई होच्याउने क्रममा यस्तो खालको लान्छनाहरु लगाएको देखिन्छ ।
हाम्रो दिमाग यस्तो नराम्रो कुरामा रुमलिनु हुँदैन । त्यसले स्वयं व्यक्तिलाई नै हानी पुग्छ ।
उहाँलाई पहिलेदेखि नै पनि मन नपराउने मान्छेले केपी ओली भनेको एकदम अल्छि मान्छे हो,एउटा सिन्को पनि यताबाट उता नसार्ने मान्छे भन्ने गर्थे । हाल पनि मैले ती कमेन्टहरुमा यो कुराहरु देख्छु । र, मलाई चाहिँ भन्न मन लागेको छ, हिजो विहानदेखि आज विहान साढे ४ बजेसम्म उहाँ निरन्तर काममा व्यस्त रहनुभएको थियो,उहाँ कोठामा आउँदा साढे चार बज्यो । सायद सुत्दाखेरी विहान ५ बजेको थियो । उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय भन्ने आ आफ्नो परिभाषा होला ।
मेरो परिभाषा त उहाँजस्तो सक्रिय मान्छे नेपालमा मात्र होइन विश्वमा पनि छैन होला । उहाँको जीवनमो आधा समय ३७\३८ वर्ष त उहाँको जीवन हेर्दै आएको साक्षी म हो नि,मैले जति त उहाँलाई कसले बुझेको होला र ? मान्छेहरुले कमेन्ट गर्न पायो भन्दैमा होच्याउन पायो भन्दैमा एउटा कुनै पनि हिसाबले अलिकति पनि नमिल्ने ढंगले त्यसरी कमेन्ट गर्न ठिक छ जस्तो मलाई लाग्दैन ।
सामाजिक संजालले उहाँमाथि लगाएका आरोपहरुको खण्डन गर्ने हो भने त दिनभरीले पुग्दैन । आज मलाई खुसी लागेको छ,राष्ट्र बैंकमा ३३ वर्ष बिताएर रिटायर्ड भएको मान्छे,मेरो थुप्रै साथी उपस्थित हुनुभएको छ । उहाँहरुले मलाई धेरै नजिकबाट चिन्नुहुन्छ ।
राष्ट बैंकजस्तो गरिमामय संस्थामा ३३ वर्ष काम गर्ने मौका पाएँ । परिणामस्वरुप आज मलाई कम्तिमा बस्ने घर त्यहि संस्थाले दिएको छ । विहान बेलुका २ छाक खान हामी २ जनाको लागि पेन्सनले खान काफी छ । तर पनि मान्छेहरुले एक पैसा आम्दानी छैन बालकोटको दरवार कसरी बन्यो भन्छन । न बालकोटको घर दरवार हो,मान्छेको आँखाले के के देख्छन् त्यो उनीहरुको आफ्नो कुरा हो ।
२०४८ देखि उहाँ निरन्तर सांसद हुनुहुन्छ,मैले पनि ३३ वर्ष राष्ट बैंकमा काम गर्ने मौका पाएँ । त्यहाँ अन्य ठाउँको तुलनामा सुविधा राम्रै छन् । जसोतसो गरेर एउटा बस्ने घर हामीले बनाएकै हो । मैले २०४४ सालमा विहे गरेर १७ वर्षसम्म विभिन्न डेरामा बसेँ,सबै कुरा किताबमा छ ।
२०६० सालमा बालकोटको घर बनाएर त्यहाँ सरेको हो । प्रश्न गर्ने साथीहरुलाई भन्न मन छ, त्यो घर कसरी बन्यो के भयो एक एक हिसाब बुझाउन म तयार छु ।

Leave a Reply