रूपन्देही । फाल्गुन ७ गतेदेखि सुरु भएको नवौं सस्करणको सुर्यनगर गोल्डकप जारी रहेको छ । पश्चिमनवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १६ –सुर्यनगरमा हुने बहुप्रतिक्षित फुटबल प्रतियोगितामा राष्ट्रिय स्तरका ए डिभिजन लिगका खेलाडी र अन्तर्राष्ट्रिय खेलाडीहरुको समेत सहभागिता रहँदै आएको छ ।अहिले १० टिम सहभागी रहेको आयोजक नव युवा क्लबले जनाएको छ ।
लुम्बिनी प्रदेशकै दोस्रो ठूलो पुरस्कार राशी बोकेको सुर्यनगर गोल्डकपको संरक्षक बर्दघाट नगरपालिका रहेको छ । नगरपालिकाले उक्त फुटबल प्रतियोगिताका लागि १० लाख रुपैयाँ बिनियोजन गरेको छ । खेलको करिब २५ हजार दर्शकले अवलोकल गर्ने र त्यसका लागि ३५ लाख रकम खर्च हुने अनुमान गरिएको छ । सुर्य नगर रङ्गशाला सम्भवतस्नवलपरासी पश्चिम्कै प्याराफिटसहितको ब्यवस्थित रङ्गशाला हो ।
सुर्यनगर गोल्डकपको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले उद्घाटन गरेका थिए ।आम खेलप्रेमी र खेलाडीहरुको मनोबल उच्च राख्न गोल्डकपलाई ब्यवस्थित गर्दै आमागी बर्ष गोल्डकपका लागि रकम थप गरेर बजेट बिनियोजन गरिने नगरप्रमुख श्रेष्ठले बताए । सबै वर्गका खेलप्रेमीहरुका लागि सहुलियत रुपमा टिकट दर राखिनुपर्नेमा नगरप्रमुख को जोड रहेको छ ।
यसपटकको प्रथम पुरस्कार राशी ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ हुनेछ भने द्वितीय पुरस्कार राशी ३ लाख ३३ हजार तीन सय ३३ रुपैयाँ रहेको छ । सुर्य नगर गोल्डकपले यस क्षेत्रकै चिनारीलाई बोकेको बर्दघाट १६ का वडा अध्यक्ष एवम् फुटवल संघ लुम्बिनी प्रदेशका महासचिव भिमकाजी गुरुङले बताए । खेलको २५ हजार दर्शकले अवलोकन गर्ने आयोजको आकलन रहेको छ ।
सुर्यनगर रङगशालाको स्तरीकरणका लागि बर्दघाट नगरपालिका र लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गराउँदै आएको छ । सुर्यनगर गोल्डकप यस क्षेत्रकै चर्चित र लोकप्रिय फुटवल प्रतियोगिता हो । १६ गते खेलको समापन हुनेछ ।

Leave a Reply