कमल थापाकाे दाबी- पूर्वराजाको आह्वानले राजतन्त्रप्रति थप माहोल बन्यो

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रले गत फागुन–७ गते गरेको आह्वानले राजतन्त्र पक्षधरको माहोल बलियो भएको बताएका छन् । शाहको आह्वानले संघीयता खारेजी र राजसंस्था पुनर्स्थापनाको एजेण्डा अब पुरा हुने उनको भनाइ छ ।

विगतमा राप्रपा नेपालले बोकेको अजेण्डामा अब देशका बहुमत नागरिकहरु सहमतिको चरणमा पुगेको बताउँदै थापाले राजतन्त्रको अजेण्डा स्थापित भएरै छाड्ने बताए ।

अहिलेको अवस्थामा राजनीतिक दलहरुप्रति जनताको घृणा बढ्दै गएको बताउँदै थापाले देशलाई राजाको नेतृत्व आवश्यक रहेको बताए ।

राप्रपा नेपाल मकवानपुरको आयोजनामा शुक्रवार हेटौंडामा भएको अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले ठुला भनिएका दलहरुले देशलाई ठूला ब्रमलुट गरेको बताए ।

धेरै युवाहरु विदेश पलायन हुँदा अहिले क्याम्पसहरु पनि बन्द हुने अवस्थामा पुगेको भन्दै उनले अहिलेकै अवस्था रहने हो भने सरकारले कर्मचारीहरुको तलब भत्ता र सामाजिक सुरक्षा भत्ता पनि दिन नसक्ने दाबी गरे ।

 

Comments

One response to “कमल थापाकाे दाबी- पूर्वराजाको आह्वानले राजतन्त्रप्रति थप माहोल बन्यो”

  1. Manaia Thompson Avatar
    Manaia Thompson

    मूसा

Leave a Reply

Your email address will not be published. Required fields are marked *