प्रकृति लम्सालको मृत्युबारे बयानका लागि ओडिसा सरकारले किट कलेजका निर्देशकलाई बोलायो

काठमाडौं । भारतकाे ओडिसा सरकारले किट कलेजका निर्देशकलाई नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा बयानका लागि बोलाएको छ ।

ओडिसा राज्य सरकारको उच्च शिक्षा विभागले किट र किस कलेजकी फाउण्डर डा. अच्युता सामन्तालाई लम्सालको मृत्युबारे बयानका लागि बोलाएको हो ।

उक्त प्रकरणबारे प्रशासनले उच्चस्तरीय छानबिन समिति गठन गरेको उल्लेख गर्दै अनुसन्धान अघि बढाएपछि कलेजको निर्देशकलाई बोलाएको हो ।

उच्च शिक्षा विभागका निर्देशक काली प्रसन्न महापात्राले जारी गरेको पत्रमा निर्देशक अच्युतालाई भुवनेश्वरस्थित शुक्रबार हुने छानबिनका लागि बोलाएको उल्खेख छ ।

आइतबार उक्त कलेजको होस्टेलमा लम्साल मृत भेटिएकी थिइन् । घटनाको छानबिनको माग गर्दा अन्य नेपाली विद्यार्थीहरुलाई समेत निस्कन भनेपछि तनाव उत्पन्न भएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *