काठमाडौं । नेपाल खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुनबाबु ढकाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गोरखा स्थायी घर भएका ढकाललाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार बैठकले सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५, उच्चस्तरीय आर्थिक सुझाव आयोग, २०८१ र एउटै प्रकृतिका कामका लागि स्थापना भएका अलग-अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ले सिफारिस गरेका सुझावको कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चुँडामणि शर्माको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गरेको छ ।
कार्यदलको सदस्यमा अर्थसचिव घनश्याम उपाध्याय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा छन् ।


Leave a Reply