केबलकार संरचनामा तोडफोड र प्रहरीमाथि आक्रमणपछि पाथीभरा क्षेत्र तनावग्रस्त

विराटनगर । ताप्लेजुङमा ‘नो केबलकार’ पक्षधरले केबलकार निर्माणको संरचना तोडफोड गरेका छन् । सो स्थान कब्जामा लिन खोजेपछि प्रदर्शनकारी र सशस्त्र प्रहरीबीच दोहोरो झडपसमेत भएको छ । एपीएफको टोलीले स्थिति नियन्त्रणमा लिन दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माण रोक्न माग गर्दै नो केबलकार पक्षले पदयात्रा आयोजना गरेको थियो । पदयात्रामा आएकाहरूले केबलकार निर्माणस्थलमा रहेका निर्माण समाग्रीहरू कब्जामा लिन खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो ।

सो क्रममा केबलकारविरोधी समूहले ढुंगामुढा गरेको प्रहरी नायब निरीक्षक रवी रावलले बताए । केही छिन तनावग्रस्त बनेको सो क्षेत्र अहिले सामान्यतर्फ फर्किँदैछ ।

आन्दोलनकारीले केबलकार निर्माणस्थलको माथि पाखाबाट अन्धाधुन्ध ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको भिडिओमा देखिन्छ । त्यस्तै उनीहरुले कामदारलाई काम छाडेर नहिडे क्षति भोग्नुपर्ने चेतावनी दिएका थिए ।

निर्माणस्थल कब्जा गर्ने उद्देश्यले अघि बढेका पहिचानवादी आन्दोलनकारीलाई रोक्न खोज्दा ढुंगा हानेर तोडफोडमा उत्रिएपछि उनीहरुलाई पछि हटाइएको प्रहरीले जनाएको छ ।

Comments

2 responses to “केबलकार संरचनामा तोडफोड र प्रहरीमाथि आक्रमणपछि पाथीभरा क्षेत्र तनावग्रस्त”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    यो पहिचानबादी भाडाका टट्टु हरू हुन्। स्थानिय जनतालाइ केबलकार चाहीएको छ , बाहीरबाट हण्डी खाएर आएका चाही बिरोध गर्दै छन्।

  2. ksp pyl Avatar
    ksp pyl

    भाडाका टट्टुहरूलाई तोरीको फूल देखाईदे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *