सांसद पद त्याग्न परे पनि तयार भएर जसपा पुनर्गठन गरेको अशोक राईको प्रष्टोक्ति

ललितपुर । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अशोक कुमार राईले उपेन्द्र यादवले सर्वोच्च अदालतमा हालेको मुद्दामा आफूहरु हारे सांसद पद त्याग्न तयार रहेको बताएका छन् ।

जसपामा आबद्ध जनवर्गीय संगठनहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष राईले आफूहरूले राजनीतिक सिद्धान्त, माग र मुद्दाहरूमा केन्द्रित भएर पार्टी पुनर्गठन गरेको बताए ।

उनले पार्टीलाई मुद्दा हाल्दैमा तर्सनु नपर्ने र पार्टीले मुद्दा जित्ने सनिश्चित भएको भन्दै कार्यकर्ताहरूलाई निर्धक्क भएर लाग्न निर्देशन दिए ।

कथंकदाचित मुद्दा हारे पनि यो पार्टी अगाडी बढ्छ भन्दै उनले मुद्दा हारे सांसद पद त्याग्न तयार भएर नै पार्टी पुनर्गठन गरेको राईले प्रष्ट पारे ।

पहिचानसहितको सङ्घीयताका लागि भएको सङघर्षमा आफूले नेतृत्व गर्न पाउँदा गर्व लागेको बताउँदै यस काममा आफू निरन्तर लागि रहने बताए ।

कार्यक्रममा पार्टीका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधान संशोधनमा प्रतिगामी षडयन्त्रको गन्ध आएको बताउँदै राजनीतिक स्थिरताका लागि अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद र विज्ञहरूको मन्त्रिपरिषद्को विकल्प नभएको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय विज्ञ परिषदका अध्यक्ष एबम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा पुस्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घःजु, प्रवास विशेष प्रदेश समितिका इन्चार्ज आङकाजी शेर्पा, बागमती प्रदेशका इन्चार्ज लालबहादुर तामाङ, गण्डकी प्रदेशका धनप्रसाद तामाङ, बागमती प्रदेश समितिका सहइन्चार्ज द्वय न्हुच्छेलाल महर्जन र पञ्चलाल महर्जन, नेवाः राष्ट्रिय समितिका सहइन्चार्ज शोभा बज्राचार्य, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, राजनीतिक समितिका सदस्यहरू प्रेम नारायण थापा, कमला विश्वकर्मा, भीम राई, देवराज राई, केन्द्रीय सदस्यहरू पानबहादुर भुजेल, श्याममाया पुन, अर्जुन लम्साल, सुशीला शाक्य, छविलाल मगर, पासाङ छेल्हामो शेर्पा, नानु थामि, रीता राई, विमला आचार्य, जुनु पुन, मिना राई, राजेश्वरी शर्मालगायतको उपस्थिति रहेको थियो ।

पार्टीसम्बद्ध जनवर्गीय सङ्गठनहरूको रुपान्तरण तथा पुनर्गठन घोषणा सभाले लामो समयदेखि समाजवादी आन्दोलन तथा कृषक हकहितका काममा क्रियाशील भाग्य नारायण रायलाई किसान महासङ्घको अध्यक्षमा चयन गरेको छ भने बौद्धिक पेसाकर्मी महासंघको अध्यक्षमा अर्जुन श्रेष्ठ, आदिवासी जनजाति महासङ्घको अध्यक्षमा योगराज वनेम, खेलकुद महासङ्घको अध्यक्षमा नेत्र नेम्बाङ र कानुन व्यवसयी सङ्घको अध्यक्षमा दीपक राईलाइ चयन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *