काठमाडौं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत जारी खेलको पहिलो हाफमा म्यानमारले गोलको वर्षा गरेको छ ।
दशरथ रंगशालामा जारी खेलमा कीर्गिस्तानविरुद्ध म्यानमारले ४ गोल गरेको छ । म्यानमारले पहिलो, ३०औं, ३५औं र ४०औं मिनेटमा गोल गर्यो ।
यो खेलमा जित निकालेमा म्यानमार फाइनलमा प्रवेश गर्नेछ भने कीर्गिस्तान प्रतियोगितबाट बाहिरिनेछ ।
आजको दोस्रो खेल नेपाल र लेबनानबीच हुनेछ । उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ । यो खेलमा जित निकालेको खण्डमा नेपालले फाइनलमा यात्रा तय गर्नेछ ।

Leave a Reply