काठमाडौं । महाशिवरात्री–२०८१ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन सुरु भएको छ ।
महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो। पशुपतिको मूल मन्दिरसहित परिसरमा सरसफाइ सकेर रंगरोगनको काम भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्री १४ फागुनमा परेको छ। शिवरात्रिमा छिमेकी मुलुक भारतलगायत विभिन्न देशबाट साधु सन्तहरु दर्शनका लागि आउने गरेका छन् ।



Leave a Reply