हेटौँडा । इंग्लिस प्रिमियर लिग लिडर लिभरपुल एस्टन भिल्लासँग २-२ को बराबरीमा रोकिएको छ ।
भिल्ला पार्कमा भएको खेलमा ट्रेन्ट एलेक्जेन्डर अर्नोल्डले ६१ औँ मिनेटमा गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो ।
खेलको २९औँ मिनेटमा मोहम्मद सालाहले लिभरपुललाई अग्रता दिलाएका थिए । तर यौरी टिलेमान्सले ३८ मिनेटमा र ओल्ली वाट्किन्सले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै भिल्लालाई २-१ अग्रतामा पुर्याएका थिए ।
दोस्रो हाफमा लिभरपुलले पुनः खेलमा फर्कने अवसर पायो। ६१ औँ अर्नोल्डले बराबरी गोल गर्दै लिभरपुललाई हारबाट जोगाए र खेल बराबरीमा सकियो ।
बराबरीको बाबजुद पनि लिभरपुलले दोस्रो स्थानको आर्सनलसङ्गको अङ्क दुरी ८ बनाएको छ भने भिल्ला नवौँ स्थानमा छ ।
लिभरपुलले अब आइतबार म्यानचेस्टर सिटीको सामना गर्नेछ। यो खेल निकै महत्त्वपूर्ण हुनेछ । यो खेल जिते यो सिजनको लिग जित्न लिभरपुललाई सहज हुने अपेक्षा गरिएको छ ।

Leave a Reply