हेटौंडा । नेदरल्याण्ड्सको फेयनूर्डसँग १-१ को बराबरी खेलेसँगै इटालियन क्लब एसी मिलानको च्याम्पियन्स लिगको यात्रा प्लेअप चरणबाटै टुंगिएको छ ।
इटालियन क्लब एसी मिलानको च्याम्पियन्स लिग यात्रा मंगलबार राती भएको नकआउट चरण प्लेअफ अन्तर्गत दोस्रो लेगमा १-१ बराबरी भएसङ्गै समग्रमा २-१ ले पछि पर्दै मिलानको च्याम्पिन्स लिगको यात्रा टुङ्गिएको हो ।
यसअघि पहिलो लेगमा मिलान १-० ले हारेको थियो । मंगलबार राती मिलानका लागि सान्टियागो गिमिनेजले एक गोल गरे भने फेयनूर्डका जुलियन कर्राजाले बराबरी गोल फर्काए ।

Leave a Reply