सचिव कुट्ने वडाध्यक्षलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा । वडा सचिवमाथि कुटपिट गर्ने तनहुँको बन्दीपुर गाउँपालिका- ६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई थप १० दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले वडा सचिव नवीन भुसाललाई कुटपिट गर्ने वडाध्यक्ष गुरुङलाई सोमबार पक्राउ गरेको थियो। हिजो पक्राउ परेका गुरुङलाई १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको तनहुँ प्रहरीका सूचना अधिकारी राजु अधिकारीले जानकारी दिए ।

भलिबल प्रतियोगिताको बिल भुक्तानी गर्ने सम्बन्धमा विवाद हुँदा वडाध्यक्ष गुरुङले सोमबार बिहान कार्यालय समयमा वडा सचिव भुसाललाई कुटपिट गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *