ऊर्जामन्त्री भन्छन्- कुलमानले सरकारलाई टेरेनन्, अराजक गतिविधि हेरेर बस्दैनौं (भिडिओ)

काठमाडाैं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफुखुसी ढंगले अघि बढ्न खोजको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफुखुसी ढंगले अघि बढ्न खोजको र सरकारलाई नटेरेको बताएका छन् ।

उनले घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरे । राम्रो कामलाई पुरस्कार दिने भन्दै उहाले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । मन्त्री खड्काले पटक पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नभएपनि सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट पारे ।

उनले कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको उल्लेख गर्दै तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको स्पष्ट पारे । उनले बाढीका कारण १३ अर्बको क्षति भएको भन्दै तत्कालको अवस्थामा विद्युत प्रवाहलाई सहज ढंगले सूचारु गरिएको दाबी गरे ।

उनले दोधारा लम्की, बरेली, ढल्केबरलगायत आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भइ काम अघि बढेको बताए ।

उनले ऊर्जा क्षेत्रमा आवश्यक कानून तर्जुमाका क्रममा रहेको र केहि विधेयकहरु अघि बढिसकेको जानकारी दिए । त्यस्तै, उनले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूमाथि लागेको आरोपको चुनौती दिए ।

गत साता प्रचण्डले सदनलाई सम्बोधन गर्दै जगदुल्ला हाइड्रोपावरमा १६ अर्बको ठेक्कामा ऊर्जा मन्त्री यसैगरी जोडिएको आरोप लगाएका थिए । उनले विगत ८ वर्षदेखि उर्जा मन्त्रालय माओवादीको नेतृत्वमा सञ्चालन भइरहेको भन्दै तपाईंहरुको पालामा यस्तै गरिन्छ त ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘यति ठूला नेताहरुलाई शब्द प्रयोगमा पनि ख्याल गर्न आग्रह गर्छु । सम्मानित नेताहरुलाई मैले कसरी उत्तर दिने मलाई च अचम्म लाग्छ । हामीले सम्मान गरेको नेताहरुको अभिव्यक्ति यस्तो हुन्छ ? सत्यपरक हुनुपर्दैन । तथ्यहिन कुरा रोष्ट्रममा बोल्ने ? म यो कुरा प्रमाणित गरिदिनुभयो भने म उहाँको पछाडि खुरुखुरु झोला बोक्न तयार छु । कति बर्ष भन्नुहुन्छ त्यतिबर्ष, पहिले पहिले दास भन्थे। दाष होइन कि तर हिँड्न तयार छु । केही माननियहरुले राजीनामाको कुरा गर्नुहुन्छ। राष्ट्रियसभामा पनि भन्नुभयो। प्रमाणित गरेर देखाउँनुस् त सांसद पदबाट पनि राजीनामा दिएर तपाईंको पछाडि झोला बोकेर हिँड्न तयार छु । आरोप लगाउने ?’

उनले सत्ता छाड्नेबित्तिकै एकले अर्कालाई आरोप लगाएर मुलुक कहाँ पुर्याउँने भन्दै प्रश्न गरे ।

Comments

One response to “ऊर्जामन्त्री भन्छन्- कुलमानले सरकारलाई टेरेनन्, अराजक गतिविधि हेरेर बस्दैनौं (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्डजस्ता बोलिको ठेगान नभएका, सत्ता छोडनुपर्दा असन्तुलितजस्तो देखिएका, विदेशीको लागि काम गर्ने, देश बेच्न पनि तयार हुने नेताको कुरा गरेर समय किन बर्वाद गरेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *