काठमाडौं । रास्वपा सांसद मनिष झाले संसद र सिंहदरबारमा दुई तिहाइको दम्भ देखिएपनि जनताले दुई तिहाइको अनुभूति गर्न नपाएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै छिमेकका कलेजका चौकीदार कुटेले नै नेपाली विद्यार्थीलाई कुटेको बताए।
उनले ओडिसा घटनाबारे सरकारलाई ध्यानाकर्षण गराउँदै भने, ‘हामी दुई तिहाइको दम्भ सिंहदरबार र सदनभन्दा बाहिर हाम्रा नागरिकहरुले फिल गर्न पाएकै रहेनछन्। छिमेकका कलेजको चौकीदारले सजिलै कुटे, देशभन्दा धेरै युनिभर्सिटीको बजेट छ भनेर हेपे।’

Leave a Reply