प्रचण्ड सरकारले ल्याएको बजेट अक्षरशः पालना गर्न सांसद दाहालको माग (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याएको बजेट अक्षरशः पालना गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने अहिलेसम्म एउटा पनि बहुवर्षीय योजना अघि नबढेकोप्रति आपत्ति जनाए।

उनले भने, हामीले बजेट पारित गरेको १० महिना पूरा भइसकेको छ। तर, आजसम्म पनि एउटा पनि बहुवर्षीय ठेक्का सुनिश्चित नहुनु खेदजनक छ। सरकार भनेको अविच्छिन्न उत्तराधिकार संस्था हो। त्यसैले प्रचण्ड नेतृत्वको सरकारले ल्याएको बजेट अक्षरशः पालना गर्न माग गर्छु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *