कांग्रेस प्रवक्ता महतलाई प्रश्न- अध्यादेश सरकारलाई नैतिक संकट पर्दैन ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले भूमि अध्यादेश पारित गर्नको लागि सरकारले विपक्षी दलहरुसँग छलफल गरिरहेको बताएका छन्।

चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विपक्षी दलहरुको साथ लिएर भएपछि सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभाबाट पारित गर्ने दाबी गरे।

उनले भने, ‘पाँच वटा अध्यक्षमा कुनै समस्या छैन। प्रतिनिधि सभामा कुनै समस्या छैन। राष्ट्रियसभामा समस्या देखिएपछि विपक्षी दलहरुसँग कुराकानी भइरहेको छ। जसले सहयोग गर्छ उनीहरुको साथ लिएर भएपनि पास गर्छाैं।’

यो अध्यादेश पास भएन भने के हुन्छ ? सरकारलाई नैतिक संकट पर्दैन भन्ने जिज्ञासामा उनले थपे, ‘पास हुन्छ भनेपछि भएन भने के हुन्छ भन्ने प्रश्न नै आउँदैन नि।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *