सरकारले सुशासनको आधार तयार गर्दैछ, आवश्यक कानून बनाउँदछ: मन्त्री भण्डारी (भिडिओ)

काठमाडौं । उद्योग मन्त्री दामोदर भण्डारीले सरकारले सुशासनको आधार तयार बनाइरहेको दाबी गरेका छन्।

एमाले विज्ञान प्रविधि विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले सेवा प्रवाहको क्षेत्रमा काम गरिरहेको बताए।

उनले भने, सरकारले सुशासन र रोजगारीको प्रश्नहरु अन्त्य गर्दैछ। उद्योगलाई पनि हामीले प्रविधिकेन्द्रित बनाउँदै लगेका छौं। त्यही अनुसार अहिले नीति अगाडि बढाएको छ। हामी अहिले नीति सुधारमा लागेका छौं। उद्योगको पूर्वाधार सुधार गर्दैर्छौँ। कानून सुधार गर्दैछ।
उनले उद्योगहरुलाई सेवा दिनेगरी काम गर्ने प्रतिबद्धता पनि जनाए।

उनले भने, अहिलेको बजेट अघिल्लो सरकार बनाएको हो। त्यसैले करका दरहरु तत्काल फेर्ने कुरामा पनि सरकारले केही विधि र प्रबन्धहरु छन्। सरकारले करका दरहरु परिमार्जित गर्ने कुरा पनि हामी तयार छौं। हामी सार्वजनिक खरिद ऐनलाई पनि सुधार गर्छौँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *