भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भूमि सम्बन्धी अध्यादेशमा समर्थन नगर्ने निर्णय गरेको उपाध्यक्ष राजकिशोर यादवले बताए।

भूमिसम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा मुलुकको हितमा नभएको निष्कर्षसहित अन्य ५ अध्यादेश सरकारले ल्याइसकेको भएकाले आवश्यक छलफल गरेर समर्थन गर्ने निर्णय भएको बताए।

जसपा नेपाल सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभाबाट पारित गर्ने निर्णायक हो। जसपा नेपाल विपक्षमा उभिएपछि सरकारले ल्याएको भूमि अध्यादेश पारित नहुने भएको छ।

सरकारले सहयोग मागेपछि जसपा नेपालले उपाध्यक्ष यादवको नेतृत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो।

Comments

One response to “भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णय”

  1. ksp pyl Avatar
    ksp pyl

    उपेन्द्रले सरकारले पार्टी फुटाईदिएको रिस पोखेको रे ? यो जस्तो वाहियात कुरा के होला ? यसको पार्टी फुटदा कसको सरकार थियो ? प्रचण्डको । अनि कसरी अहिलेको गठबन्धनले फुटाईदिएको ? आफ्नै तानासाही प्रवृत्तिले पार्टी फुटेको हो । यसको पार्टी दशौं पटक फुटिसक्यो । अरूलाई दोष लगाउने कि आफ्नो तानासाही प्रवृत्ति फेर्ने ? फेरि पार्टीमा अब उपेन्द्रको पकड छैन । त्यो पार्टीलाई अब भारतीय दलालहरूले कब्जा गरिसके । दिल्लीले फुटाएको हो पार्टी । ओलि सरकारलाई अध्यादेश अस्विकृत गरेर ठेगान लगाउला भन्ने दिल्लीको योजनाको मतियार बनेको हो जसपा नेपाल । तर यो योजना पनि फेल हुँदैछ नाकाबन्दी जस्तै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *