हिमाल शर्मालाई माओवादी केन्द्रको काठमाडौं र विद्यार्थी संगठनको फ्र्याक्सन इञ्जार्जको जिम्मेवारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका केन्द्रीय सदस्य हिमाल शर्माले काठमाडौं जिल्ला इञ्चार्जसँगै विद्यार्थी संगठनको फ्रयाक्सन इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

पार्टीले आफूलाई उक्त जिम्मेवारी दिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै जिम्मेवारी दिएकोमा आभार व्यक्त गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘पार्टी केन्द्रले मलाई विश्वास गरी अखिल क्रान्तिकारीको फ्रयाक्सन ईन्चार्ज सहित काठमाडौ जिल्ला पार्टीको ईन्चार्जको समेत जिम्मेवारी थपिदिएकोमा समग्र पार्टी नेतृत्व प्रति आभार ब्यक्त गर्दछु ।’ शर्मा अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्ष समेत हुन् ।

Comments

One response to “हिमाल शर्मालाई माओवादी केन्द्रको काठमाडौं र विद्यार्थी संगठनको फ्र्याक्सन इञ्जार्जको जिम्मेवारी”

  1. ksp pyl Avatar
    ksp pyl

    दुवैले अखिलको उम्मेदवारलाई धाँधली गरेर जिताएकाले प्रचण्डले पुरस्कार दिएका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *