ओलीबारे माधव नेपाल- प्रधानमन्त्री पदका लागि जे पनि गर्छन्, दुनियाँलाई ठग्न संविधान संशोधनको कुरा गरे (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ध्यान देश र जनताप्रति नभएको आरोप लगाएका छन्।

पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीलाई प्रधानमन्त्री पद लागि जे पनि गर्न तयार भएको टिप्पणी गरे।

उनले भने, ‘सरकार देश र नागरिकप्रति गम्भीर हुनुपर्ने हो। यो सरकारले अध्यादेश ल्याएको छ अचानक। यसअघि बनेको सरकार रातारात बदलियो। त्यो सरकार बदल्नुपर्ने कारण के थियो ? औचित्य के थियो ? दुई कम्युनिष्ट पार्टी मिलेर सरकार चलाइरहेको बेलामा हटाउनुपर्ने कारण के थियो ? प्रधानमन्त्री चाहिएको थियो भने त्यही पनि सम्भव थियो। प्रचण्डजीले छाड्दिनुहुन्थ्यो। उहाँले नमानेर हामीलाई भनेको भए एकपटक प्रधानमन्त्रीको संख्या थपिदिनुस् भन्थ्यौं होला।’

उनले ओलीले प्रधानमन्त्री पदको लागि दुनियाँलाई ठग्न संविधान संशोधनको कुरा गरेको जिकिर गरे।

उनले थपे, ‘अब ०८४ मा चुनाव हुने अनि ०८७ मा संविधान संशोधन गर्ने भनेपछि यो बीचमा को हुने प्रधानमन्त्री ? त्यसको जवाफ कसलाई थाहा छ? अहिलेका प्रधानमन्त्री ओली मुलुक सञ्चालनप्रति गम्भिर हुनुहुन्न। उहाँ देश चलाउनको लागि होइन, सत्तालाई आफ्नो स्वार्थमा केन्द्रित भएका छन्। देशलाई संकट बनाउनेतिर गइरहेका छन्।’

उनले अहिले कांग्रेस एमालेले दुई दलीय व्यवस्था बनाउने खोजेको आशंका व्यक्त गरे।

Comments

2 responses to “ओलीबारे माधव नेपाल- प्रधानमन्त्री पदका लागि जे पनि गर्छन्, दुनियाँलाई ठग्न संविधान संशोधनको कुरा गरे (भिडिओ)”

  1. bharat kumar thapa Avatar

    माधवकुमार नेपाल ज्यु तपाईंले नचाहने विषयमा बोल्नु हुदै छ याद छ तपाईंले आफ्नो गुट भेलामा केपी ओली प्रधानमन्त्री थिए हामी एमालेका सदस्यहरू तपाईंको विचार समुहसंग नजिक भएको कारण तपाईं को विचार समुहमा सुन्न आएका थियौ त्यहाँ प्रशिक्षणको क्रममा बोलेको भाषा (आमा चकार्नुपर्ने मान्छे प्रधानमन्त्री छ ) आज पनि याद छ सुध्रिनुस् कमरेड तपाईंको राम्रो को लागि हो यो लेखेको ।

  2. ksp pyl Avatar
    ksp pyl

    तिमीजस्तो आफूले जन्माएको पार्टीलाई दिल्लीको दलाल बनेर ध्वस्त बनाउन ओलि कहिल्यै हिडदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *