काठमाडौं । सुनसरीका सक्रिय संचारकर्मीहरुको निशुःल्क दुर्घटना बीमा हुने भएको छ ।
सुनसरीको इटहरी मुकाम बनाएर संचालित प्रदेश खबर डटकमले संचालनको दुई वर्ष पुरा भएको अवसरमा यस्तो प्याकेज ल्याउन लागेको हो ।
एनएजजी इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा दुर्घटना प्याकेज लागू गरिएको प्रदेश खबर संचालन गर्ने संस्था नयर एड्भरटाइजिङ कम्पनीका अध्यक्ष पवन अधिकारीले बताए ।
अधिकारीले यहि माघ २७ गतेसम्म सुसनरीका सक्रिय संचारकर्मीहरुको संचार माध्यमको परिचयपत्र वा सिफारिस पत्र र नागरिकता मागिएको बताए । इमेल र ह्वाट्सएपबाट काजजात पठाउन सकिने अधिकारीले बताए ।
‘प्रेस युनियन सुनसरी अध्यक्ष हुँदा पनि बीमा कार्यक्रम राखिएको थियो धेरै लाभान्वित हुनु भएको थियो’, नेपाल प्रेससँग अधिकारीले भने, ‘अहिले अध्यक्षबाट हटेपछि पनि त्यहि पुरानै सम्झेर दुर्घटना हुने पत्रकारहरुले चासो राखेपछि फेरि यसलाई प्रदेश खबरबाट निरन्तरता दिइएको हो ।’


Leave a Reply