लुम्बिनी प्रदेशसभामा शासकीय सुधारको वार्षिक प्रतिवेदन पेश

रूपन्देही । लुम्बिनी प्रदेश शासकीय सुधार र सुशासनका लागि भए गरेका वार्षिक प्रगति प्रतिवेदन प्रदेश सभासमक्ष पेश भएको छ ।

आज बसेको लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको आठौँ बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले शासकीय सुधार र सुशासनका लागि भए गरेका वार्षिक प्रगति प्रतिवेदन प्रदेश सभा समक्ष पेश गरेका हुन् । सभासमक्ष पेश भएको वार्षिक प्रतिवेदन अध्ययन छलफल र सुझावका लागि प्रदेश मामिला कानून समितिमा पठाइएको छ ।

आज बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले संघ सरकार प्रदेश सरकारप्रति अहिले पनि संकुचित भएका कारण प्रदेश प्रदेश जस्तो हुन नसकेको बताएका छन् ।

सरकारको कामबाट जनता उत्साहित बन्न नसकेको उनको भनाइ छ । दलहरु प्रतिस्पर्धाबाट अघि नबढी प्रतिशोधबाट अगाडि बढेका कारण प्रदेशको विकास हुन नसकेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *