एकीकृत निर्वाचनसम्बन्धी विधेयक तत्काल संघीय संसदमा पेश गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा तत्काल पेश गर्न ससदीय समितिको सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभाअन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधबार बसेको बैठकले निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो ।

समितिले निर्वाचन आयोगमा रिक्त निर्वाचन आयुक्त पदमा तत्काल नियुक्ति गर्न पनि निर्देशन दिएको छ ।

समितिको बैठकमा नेपालको निर्वाचन प्रणालीको सम्बन्धमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्त रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिवलगायत कर्मचारीहरुसमेतको उपस्थितिमा छलफल भएको हो ।

समितिको बैठकलगत्तै समितिका सभापति सोनाम गेल्जेन शेर्पाले भने, ‘एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशीघ्र पेश गर्न नेपाल सरकारलाई निर्देशन दिएका छौं ।

निर्वाचन आयोगले एक वर्षअघि नै एकीकृत निर्वाचनसम्बन्धी विधेयक को मस्यौदा आयोगबाट स्वीकृत गरेर गृह मन्त्रालयमा पेश गरिसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बैठकमा जानकारी गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *