प्रेस चौतारी गोरखाको अध्यक्षमा न्यौपाने

गोरखा । प्रेस चौतारी नेपाल गोरखा शाखाको अध्यक्षमा सुजन न्यौपाने निर्वाचित भएका छन् । आज गोरखामा भएको छैटौं अधिवेशनले न्यौपानेको अध्यक्ष रहेको ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा सुनिल पराजुली, महिला उपाध्यक्षमा रुपा थापा, सचिवमा रविकिरण रेग्मी र कोषाध्यक्षमा नवराज पोख्रेल निर्वाचित भएका छन् । सदस्यपछि थप गर्ने गरी कार्यसमिति चयन गरेको हो ।

अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज किरण लोहनीले पत्रकारहरूले राजनीतिक र वैचारिक सुझबुझसँगै व्यवसायिक पत्रकारितामा जोड दिनुपर्ने बताए । देशमा संघीय शासन प्रणाली लागू भएको लामो समय भैसक्दा पनि स्थानीय सरकार र मिडियाको सहकार्य प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र थापाले स्थानीय सञ्चारमाध्यमले गाउँठाउँका खबरलाई प्राथमिकता दिनुपर्ने बताए ।

अधिवेशनको उद्घाटनमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज किरण लोहनी, एमालेका अध्यक्ष सुरेन्द्रबहादुर थापा र प्रेस चौतारीका पूर्वकेन्द्रीय सदस्य भीमलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *