एक हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?  

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो तोलामा एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ९३० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *