‘नो केबलकार’ पक्षधरले बनायो सरकारसँग वार्ता गर्न समिति

विराटनगर । संघीय सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केवलकारको विरोधमा आन्दोलन गरिरहेकाहरुलाई वार्तामा आउन आह्वान गरेसँगै आन्दोलनरत पक्षले वार्ता टोली गठन गरेको छ ।

आन्दोलनरत पक्षले अमर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा राम मादेन, सरु सिङ्घक र शङ्कर सुब्बा सदस्य रहेका छन् ।

सरकारले हिजो गृह मन्त्रालयका सहसचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोली गठन भएसँगै आज आन्दोलनरत पक्षलाई वार्ताका लागि औपचारिक आह्वा गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *