कांग्रेसको १५औं महाधिवेशनबारे विश्वप्रकाश- अहिलेका धेरै नेताहरुको बिदाई हुन्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५औं महाधिवेशनबाट अहिलेका धेरै नेताहरुको बिदाई हुने बताएका छन् । कांग्रेस चितवनद्वारा आयोजित १०० दिने अभियानको समापन समारोहलाई सम्बोधन गर्दै उनले पार्टी बदलिने दिशामा अघि बढेको बताए ।

उनले भने, ‘१५औं महाधिवेशनबाट अहिलेका धेरै नेताहरुको बिदाई भएर कांग्रेस तन्नेरी बन्ने दिशामा जाँदैछ । बदलिएको कांग्रेस बन्नेछ । को सभापति र को महामन्त्री बन्छ भन्ने कुरा छलफलको विषय होइन । कुन पुस्ताको आउनुहुन्छ, त्यो छलफलको विषय होइन ।’

महामन्त्री शर्माले कांग्रेसमा कसैलाई बोल्न निषेध नगरिएको बताए ।
उनले थपे, ‘कांग्रेसभित्र सानातिना समस्या हुनु न विगतमा अनौठो मान्न मिल्थ्यो न आज । विवाद नै हुनुहुन्न भन्ने कुरा व्यवहारिक हुन्न । राजनीतिक दलमा फरकफरक विचार आउँछन्, छलफल हुन्छ र त्यसको बीचबाट अगाडि बढ्छौं । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । कतिपय दल हेर्नुस् त, प्रश्न गर्न निषेध गरिएका छन् । कांग्रेसमा हेर्नुस् सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला टिकट वितरणमा सभापति र महामन्त्रीहरुसँग सामेल हुनुभयो । उहाँमात्रै होइन, प्रकाशमान सिंह, विमलेन्द्र निधि पनि त्यही हुनुहुन्छ ।’

उनले वर्तमान प्रधानमन्त्री केपी ओलीले कांग्रेसलाई अलोकतान्त्रिक भनेपछि आफूले तपाईंसँगै महाधिवेशनमा प्रतिस्पर्धा गरेका भीम रावल कहाँ हुनुहुन्छ भनेर प्रश्न गरेको स्मरण गरे ।

उनले रवि लामिछाने नेतृत्वको रास्वपाले पनि नेतृत्वमाथि प्रश्न उठाउने महामन्त्रीलाई चार डाँडा कटाएको टिप्पणी गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *