अखिल क्रान्तिकारीको निर्वाचनपछि माओवार्दीभित्र नयाँ पुस्तामा नेतृत्व ल्याउने प्रक्रिया शुरु भयो : जनार्दन शर्मा (भिडिओ)

काठमाडौं । नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले अखिल क्रान्तिकारीको निर्वाचनपछि माओवादीभित्र नयाँ पुस्तामा नेतृत्व ल्याउने प्रक्रिया शुरु भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूले पुष्पकमल दाहाल प्रचण्डलाई टक्कर दिने कुरा नभएको बताए।

उनले भने, ‘नेतृत्वलाई टक्कर दिने कुरा होइन। यो पार्टीभित्रको विधि स्थापित गर्ने कुरा हो। नयाँ पुस्तामा नेतृत्व ल्याउने कुरा हो। माओवादीमा त्यो कुरा स्थापित भएको छ। विद्यार्थीमा नयाँ पुस्ताको नेतृत्व निर्माण भएको छ। विधि स्थापित भएको छ। कार्यकर्ताले चाहेको व्यक्तिलाई नेता बनाउने अवसर प्राप्त भएको छ। त्यसैले यो टक्कर दिने भन्दा पनि पार्टीभित्रको आन्तरिक लोकतन्त्रको कुरा हो।’

नीतिगत र व्यवहारिक रुपले माओवादीले पार्टीभित्र लोकतन्त्र स्थापित गरेको बताए।

Comments

One response to “अखिल क्रान्तिकारीको निर्वाचनपछि माओवार्दीभित्र नयाँ पुस्तामा नेतृत्व ल्याउने प्रक्रिया शुरु भयो : जनार्दन शर्मा (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    सही विचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *