विपक्षी सात दलसँग भएको ५ बुँदे सहमतिका आधारमा सदनमा प्रस्तुत हुने माओवादीको निर्णय (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलको हैसियतले सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ।

संसदीय दलको बैठकले विपक्षी सात दलसँग भएको ५ बुँदे सहमतिका अनुसार संसदमा प्रस्तुत हुने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले बताए।

उनले भने, ‘संसदीय दलको अध्यक्षले सात दलको ५ बुँदे सहमतिलाई जानकारी गराउनुभएको छ। त्यसैको आधारमा भोलिबाट सुरु हुने बैठकमा प्रस्तुत हुने निर्णय भएको छ।’

सरकारले ल्याएको अध्यादेश लोकतन्त्रलाई सवलीकरण गर्नेगरी नआएको बैठकले निष्कर्ष निकालेको बताए।

Comments

One response to “विपक्षी सात दलसँग भएको ५ बुँदे सहमतिका आधारमा सदनमा प्रस्तुत हुने माओवादीको निर्णय (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    सदन अवरूद्व गरेमा जनताले बाटो हिडनै नदिएर किन अवरूद्व गरिस् भनेर र्याखर्याख्ति पार्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *