काठमाडौं । ‘एक्टर टेक वान’काे रिलिजलाई लिएर उत्पन्न भएको विवादमा २ पक्षबीच सहमति जुटेको छ । सो चलचित्रविरुद्ध कपिराइटको मुद्दा हालेकाे ‘एक्टर’का निर्माता बिनासर्त मुद्दा फिर्ता लिन सहमति जनाएका छन् ।
राजन काफ्ले निर्देशित ‘एक्टर टेक वान’ हिजो रिलिज गर्ने पूर्वतयारी थियो तर एकदिन अगाडि जिल्ला अदालतले चलचित्रको रिलिज रोक्न अल्पकालिन आदेश दिएको थियो ।
अदालतको आदेशपछि हलहरुले ‘एक्टर टेक वान’को रिलिज रोकेका थिए । दुवै चलचित्रका निर्माण पक्षबीच भएको संवादपछि सहमति जुटेको हो ।
एक्टर टेक वानका तर्फबाट निर्माताद्वय थमन भण्डारी र मोती कार्की तथा एक्टरका तर्फबाट मनोहरि थापा, सम्राट थापा र कानून व्यवसायी यज्ञमणि न्यौपाने छलफलमा बसेका थिए ।
‘एक्टर टेक वान’का निर्माता भण्डारीले यहि नाममा चलचित्र रिलिज गर्न सहमति जुटेको बताए । भोलि नै आफ्नो चलचित्र रिलिज हुने उनकाे भनाइ छ ।
‘हाम्रो चलचित्रमाथिको कपिराइट दाबी उहाँहरुले फिर्ता लिनुभएको छ । अब फिल्म रिलिज गर्न समस्या छैन’, उनले भने ।

Leave a Reply