ओली सरकार असफल भइसक्यो, भोलिदेखि विपक्षीहरूले घेराबन्दीमा पर्दैछ : अग्नि सापकोटा (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रूपमा असफल भएको दाबी गरेका छन्।

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशनलाई सम्बोधन गर्दै दुई तिहाइ शक्ति भए पनि सदनदेखि डराइरहेको टिप्पणी गरे।

उनले भने, ‘सरकारले अहिले अध्यादेश ल्याएको छ। त्यसमा भूमिसम्बन्धी अध्यादेश बदनियत ढंगले आफ्ना कार्यकर्तालाई जग्गा बाँड्नका लागि त्यो विधेयक ल्याइएको छ। सरकार अहिले आतंकित छ। अब भोलिदेखि विपक्षीहरूले घेराबन्दीमा पर्दैछ।’

विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने भएपछि पार्टीको बैठक राखेर प्रतिवाद गर्न निर्देशन दिएको उनका दाबी छ।

उनले भने, ‘कांग्रेस र एमालेको मात्रै होइन। प्रधानमन्त्री र मन्त्रीहरूको बैठकमा पनि प्रतिवाद गर्नुपर्छ भनिरहेका छन्। यो सरकारको गति शून्य छ। हरेक क्षेत्रमा यो सरकार असफल भइरहेको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *