एकीकृत समाजवादीले घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका महासचिव घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने भएको छ । अध्यक्ष माधव नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा आन्दोलनबाट पार्टी निर्माण गर्ने प्रस्ताव अघि सारेका हुन् ।

‘पार्टीको तात्कालिक कार्ययोजनाका रूपमा आन्दोलनलाई केन्द्रमा राखेर विचार तथा संगठनका कामलाई सँगसँगै अगाडि बढाउने अवधारणाअनुरूप स्थायी कमिटीले आन्दोलनद्वारा पार्टी निर्माण’ प्रस्ताव अगाडि सारेको छ’, अपानिमा भनिएको छ, ‘आगामी केन्द्रीय कमिटीको बैठकमा त्यसको विस्तृत योजनामा छलफल गरिनेछ ।’

पार्टीको तात्कालिक कार्ययोजनाअनुरूप पार्टीद्वारा सञ्चालन गरिने आन्दोलनको संयोजन महासचिव भुसालले गर्ने र सचिव स्थायी कमिटी सदस्य जीवनराम श्रेष्ठ रहने उल्लेख छ ।

आन्दोलन संयोजन समितिको संरचनालाई पनि अब बस्ने केन्द्रीय कमिटी बैठकले पूर्णता दिने उल्लेख छ । नेकपा एसले केन्द्रीय कमिटीको बैठक यही महिनाको अन्तिममा बोलाएको छ ।

Comments

3 responses to “एकीकृत समाजवादीले घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    घनश्याम भुसालले पार्टी बनाउने ? सुन्दा पनि हाँसो उठछ । साँसदको टिकट पाईन भनेर पार्टी फेर्दै हिडनेले पार्टी बनाउने ?

  2. Bhupendra karki Avatar
    Bhupendra karki

    बोकाले दाइ हुने भए गोरुको के काम??? बोका पनि मालिकलाई नै हान्ने अराजक र पागल बोकाले सङठन बनाइदेला! पन्डितज्जी माधब प्रधानमन्त्री बन्नुहोला, जग्गु खतिवडा संचार मन्त्री र मेट मणि ——

  3. Nick Kashyap Avatar
    Nick Kashyap

    घनश्याम खतिवडा त गफाडी नै हुन्। नेतृत्व गर्ने क्षमता जिरो, मनोनयन बाट पद पड्काउने मात्रै हुन् यिनी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *