प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली घाँडो हुन्छ: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा देशलाई लैजान नहुने बताएका छन् ।

समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली जस्तो घाँडो अरु के होला देशको हालत ? अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग भइरहेको छ । केही चाहिँदैन, बोल्यो अनि पोल्यो !’

अध्यक्ष नेपालले विभिन्न देशमा राष्ट्रपतीय प्रणालीमा भएका समस्याहरु थाहा नपाएको भए एउटा गोष्ठी राखेर प्रस्ट पार्न सकिने बताए ।

उनले थपे, ‘म सबै विवरण नै दिन्छु । म आफैं त्यहाँ गएको पनि छु, सुनेको पनि छु, बुझेको पनि छु । त्यसैले नेपाल जस्तो संवेदनशील देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको उपयुक्त कि अनुपयुक्त त्यो बहस गरौंला । अहिले त्यसमा प्रवेश नगरौं ।’

Comments

2 responses to “प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली घाँडो हुन्छ: माधव नेपाल”

  1. ksp pyl Avatar
    ksp pyl

    हो हो । सेरेमोनियल भए प्रचण्डको पुच्छर लागेर बन्न पाईन्छ कि ।

  2. Raj Avatar
    Raj

    ओली प्रत्यक्ष निर्वाचित राष्ट्रपती भयो भने सबैभन्दा पहिले मलाई देश निकाला गर्छ भन्न खोजेको हो कि यो माकुनेले । कुरो बुझ्न कठिन भो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *