माओवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। बिहीबार दिउँसो १ बजे बस्नेगरी दलको बैठक बोलाइको हो।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, संसदमा उपस्थिति, सरकारले ल्याएको अध्यादेश लगाएको विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउनेछ।

सरकारबाट बाहिरिएपछि संसदमा माओवादी आक्रामक रूपमा प्रस्तुत हुँदै आएको छ।

संसदको हिउँदे अधिवेशन शुक्रवारबाट सुरु हुँदैछ। माओवादीको नेतृत्वमा विपक्षी दलहरूले मोर्चाबन्दी गरेर नै सरकारमाथि दबाब बढाउँदै छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *