काठमाडौं । सरकारले ल्याएको सबै अध्यादेश माघ १८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेश गर्ने सहमति भएको छ ।
सभामुख देवराज घिमिरेले राखेको ठूला दलका प्रमुख सचेतकहरूसँगको छलफलमा भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौँलाले बताए ।
१८ गते पेस भएका अध्यक्ष २२ गते बस्ने बैठकमा प्रतिनिधि सभामा निर्णयार्थ पेस हुने बताए ।
उनले भने, ‘१८ गतेपछि २२, २३ र २४ गते बैठक बस्छ, त्यसपछि बीचमा संसदीय समितिको बैठक बस्छ र १८ सदनमा पेश भएका सबै अध्यादेश २२ गते निर्णयार्थ सबै अध्यादेश पेश हुन्छ ।’
उनले बीचमा संसदीय समितिको बैठक बसेर २८, २९ र ३० गते प्रतिनिधि सभाको बैठक राख्ने सहमति भएको बताए ।

Leave a Reply