‘हामीसँग अहिलेका प्रधानमन्त्रीभन्दा राम्रोसँग देश चलाउने दम छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानका आधारभूत विषयहरूलाई चलाउन नहुने बताएका छन् ।

मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा थापाले संविधानका केही विषयहरूलाई संशोधनमार्फत फेरबदल गर्न सकिने भएपनि आधारभूत विषयहरूलाई चलाउन नहुने बताए ।

थापाले अर्को विकल्प वा व्यवस्थाका विषयमा बहस भए अर्को दश वर्ष खेर जाने भन्दै असफलताको भारी व्यवस्थालाई बोकाउन नहुने धारणा राखे । पाँच-पाँच वर्षमा हुने निर्वाचनमा दलहरू जित्ने हार्ने स्वाभाविक प्रक्रिया भएकाले यसलाई सवैले स्वीकार गर्न सक्नुपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा नभएपनि नेतृत्व बदल्ने कुरा महत्वपूर्ण भएको उल्लेख भन्दै आफूहरूले अवसर पाउने हो भने अहिलेका प्रधानमन्त्रीभन्दा राम्रोसँग देश चलाउन सक्ने दम भएको बताए ।

उनले त्यसका लागि प्रयास गरेको र परिणामलाई पनि स्वीकारेको सुनाए ।

थापाले कांग्रेसले ८४ को चुनावलाई पर्खेर बस्ने नभई अहिलेको अवसरलाई नै सदुपयोग गरेर देश र जनताको सम्मुन्नतिका लागि काम गर्नुपर्ने बताए ।

Comments

One response to “‘हामीसँग अहिलेका प्रधानमन्त्रीभन्दा राम्रोसँग देश चलाउने दम छ’”

  1. ksp pyl Avatar
    ksp pyl

    चिनसँग सम्बन्ध बढाएको अमेरिकी जासुसहरूलाई मन पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *