अछाममा बेपत्ता दुई किशोरीको शव फेला

कैलाली । अछाममा शुक्रवारदेखि बेपत्ता भएका दुई किशोरी मृत फेला परेका छन्।

जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी सरस्वती खड्का र ईश्वरी खड्काको शव ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जङ्गलमा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए ।

बाख्रा हेर्न जङ्गल गएका दुई किशोरी घर नफर्किएपछि उनीहरूको खोजी सुरु भएको थियो । खोजीका क्रममा उनीहरूको शव फेला परेको हो ।

अलग-अलग स्थानमा किशोरीको शव फेला भन्दै डिएसपी भण्डारीले घटनाबारे प्रहरी अनुसन्धान भइरहेको जानकारी दिए ।

‘घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहित हामीहरू पुगिसकेका छौँ ’ उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौँ अहिल्यै कसरी घटना भयो भन्न सकिने अवस्था छैन ।’

तालिम प्राप्त कुकुरको उद्धतमा घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *