समाजवादी मोर्चाको विपक्षमा उभिँदै झलनाथले भने- नाम मात्रैको मोर्चाको अर्थ छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल समाजवादी मोर्चाको विपक्षमा उभिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी अध्यक्ष माधव नेपालको सक्रियतामा फेरि व्युँताइएको मोर्चा अहिलेको आवश्यकता नभएको उनले टिप्पणी गरे ।

एकदेव आलेको ५६औं स्मृति दिवसमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अब कतिपय साथीहरू समाजवादी मोर्चा भन्नुहुन्छ । समाजवादी मोर्चाको अहिले त्यो परिपक्व अवस्था होइन । किनभने सबैले समाजवादी कार्यक्रम नै लिएका छैनन् । समाजवादी कार्यक्रम नै नलिएकाहरूले के समाजवादी मोर्चा बनाउने ? नाममात्रैको समाजवादी मोर्चा बनाउने हो भने जेजे गरे पनि हुन्छ । होइन साँच्चै समाजवादी मोर्चा बनाउने हो भने त समाजवादी कार्यक्रम, नीति लिएकाहरूको बिचमा नै मोर्चा बनाउने होला नि !’

नेता खनालले अहिलेको आवश्यकता बृहत वामपन्थी एकता भएको र महसुस नभएको खण्डमा २०८४ सालको निर्वाचनपछि थाहा हुने बताए ।

Comments

One response to “समाजवादी मोर्चाको विपक्षमा उभिँदै झलनाथले भने- नाम मात्रैको मोर्चाको अर्थ छैन”

  1. Laleek Avatar
    Laleek

    कमरेड,सोह्रैआना सत्य र सहि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *